News

लागू औषधसहित २ जना पक्राउ

लागू औषधसहित २ जना पक्राउ

पर्वत । लागू औषधसहित पर्वतमा २ जना पक्राउ परेका छन् । लागू औषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुन पक्राउ परेका हुन् ।

 

 

उनीहरु सोमबार सदरमुकाम कुश्माबजारबाट पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ परेका पुनद्धयको साथबाट विभिन्न १२२ थान लागूऔषध र चरेस बरामद गरिएको छ। 

 

 

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद रु १६ हजार बरामद गरिएको छ ।

 

 

पक्राउ परेका दुवैलाई लागूऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

पर्वत लागू औषध

विशेष