नेपालका प्रदूषित तीन शहर, काठमाडौं पहिलो स्थानमा

नेपालका प्रदूषित तीन शहर, काठमाडौं पहिलो स्थानमा

काठमाडौं । नेपालका प्रमुख सहरमध्ये सबैभन्दा बढी प्रदूषित सहर काठमाडौं रहेको पाइएको छ। 

 


विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ। 

 

 

पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण अनुगमन तथा नियन्त्रण शाखाले जनाएको छ ।

 

 

शाखाकी वातावरण निरीक्षक सुनिता खनालका अनुसार काठमाडौंको रत्नपार्कमा सोमबार बिहान ४२ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । साँझ ६ बजे प्रदूषणको मात्रा बढेर ९३ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ।

 

 

यसैगरी, आइतबार काठमाडौंको औषत प्रदूषण ८८ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेकोे थियो ।

 

 

शनिबार ७३ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा शुक्रबार ६७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो।

 

 

यस्तै, बिहीबार ७७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा गत बुधबार ८४ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो।

 

 

प्रदूषणको दोस्रो स्थानमा रहेको नेपालगन्जमा सोमबार २४ घण्टाको पीएम २ दशमलव ५ को औसत प्रदूषणको मात्रा ७५ दशमलव ३३ माइक्रोग्राम प्रतिक्युबिक मिटर पुगेको पाइएको छ ।

 

 

सोमबार बिहान ४१ रहेको प्रदूषणको मात्रा साँझ ६ बजे १ सय १८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको केन्द्रकी वातावरण निरीक्षक खनालले जानकारी दिइन्। राजधानी दैनिकबाट 
 

काठमाडौं दाङ नेपालगन्ज प्रदूषित शहर

संम्बधित खबर

विशेष