विदेश

इन्डोनेसियामा भूकम्प

इन्डोनेसियामा भूकम्प

जाकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा मंगलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

 

स्थानीय समयाअनुसार मंगलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना भने जारी गरिएको छैन ।

 

यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
यस भूकम्पमा परी २ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै २ लाख २० हजार भन्दा बढी विस्थापित भएका थिए । इन्डोनेसिया भूकम्पको प्रकोपले बारम्बार सताउने देशको सुचीमा पर्दछ ।

इन्डोनेसिया ५.१ म्याग्नीच्युडको भूकम्प

विशेष