News पर्यटन

सुरक्षित वातावरण निर्माण भएकोले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह : ढकाल

सुरक्षित वातावरण निर्माण भएकोले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह : ढकाल

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य भएको बताएका छन् ।

 

नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौं नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरे ।


चाइना एडभेन्चर टुरिजम फोरमद्वारा राजधानीमा आयोजित ‘हिमालयन समिट’ मा मुख्य वक्ताको रुपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।

 

ढकालले नेपाल र चीनबीच प्राचीन कालदेखि नै रहेको ऐतिहासिक र संस्कृतीक सम्बन्धको स्मरण गरेका थिए । पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिम प्राप्त शिक्षीत युवा जनशक्ति तयार हुँदै गएको बताए ।

 

एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्सका सञ्चालकसमेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताए । सगरमाथा, उच्च हिमश्रृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकको मुख्य आकर्षण रहेको दावी उनले गरे ।


समिटमा चिनियाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव एक सय जनाको सहभागिता रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ आईएमई ग्रुप चन्द्रप्रसाद ढकाल

विशेष