कहालीलाग्दाे लाेडसेडिङ कसरी अन्त्य भयाे ?
काठमाडौं - मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।
पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो ।
उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए ।
तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् ।
त्यसैले सार्वजनिक पनि गरेनन् ।
देशबाट अध्याँरो युगको अन्त्य भएको छ ।
तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ ।
घिसिङले भने तेस्रोत लक्ष्मीपुजा बुधरको दीपावली पनि स्युचाटारमै बसेर लेड व्यवस्था गरेर मनाउँदै छन् ।
नयाँ पत्रिकाबाट ।