News प्रदेश ६

लामा समुदायलाई तिहारले छोएन 

लामा समुदायलाई तिहारले छोएन 

हुम्ला । नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइएको छ। तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएन ।

 

 

हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य संघ हुम्लाका नाम्गेल तामाङले बताए । 

 

 

आफूहरुले बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तिहारलाई त्यति महत्व नदिएको उनले बताए । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ । 

 

 

पुर्खादेखि आफूहरुले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकाले यो पर्वलाई खासै महत्व नदिएको उनको भनाइ छ ।

 

 

हुम्ला दुर्गम भएपनि पछिल्लो समय दसैं, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रुपमा लिने गर्छन् । 

हुम्ला लामा समुदाय

विशेष