News

मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

गौशाला । आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले शुक्रबार महोत्तरीलगायत मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् । 

 

 

आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी) लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका हुन् । 

 

 

उनीहरूले ओखलमा गोबरसँगै कुटेको केराउका दाना गोबरबाट झिकेर सफा गरी आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै बजरी खुवाएका छन् ।

 

 

दिदीबहिनीले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात् बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भन्ने भनाइका साथ दाजुभाइलाई आँगनमा राखेर माला, फूल र चन्दन लगाई बजरी खुवाएर यो पर्व मनाएका छन् । 

 

 

बजरी खाएपछि दाजुभाइले आ–आफ्नो क्षमताअनुसार दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोशेली र उपहारसमेत दिने गर्दछन् । मिथिलाञ्चलमा भैयादुज पर्व निकै उल्लास र खुशीका साथ मनाइन्छ । 

गौशाला भैयादुज पर्व

विशेष