महशुल नतिर्ने १३३ ग्राहकको लाइन काटियो, २३ लाख असुल
दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै २३ लाख १४ हजार ७०८ असुल गरेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३औं दिनदेखि ३०औं दिनसम्म विद्युत् महशुल बुझाएमा पाँच प्रतिशत, ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशत, ४१औं दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ ।
यस्तै विनियमावलीको दफा १०अनुसार मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्युत् महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटन सकिने व्यवस्था छ ।
महशुल नेपाल विद्युत् प्राधिकरण तनहुँ