News

निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर प्रहरीले च्याते 

निर्मलाका लागि न्यायको माग राख्दै टासिँएको पोस्टर प्रहरीले च्याते 

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

 

निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो ।

 

पक्राउ गरिएकाहरुलाई सिंहदरबार वृत्तमा राखेर साँझ ६ बजे छोडिएको थियो ।

 

वत्तका डिएसपी काजी काचार्यले राजधानीमा जारी अन्तर्राष्ट्रिय सम्मेलन अवधिभर विरोध प्रदर्शन गर्न नपाइने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

 

प्रहरीले पोस्टर च्यातेको बारे आफूलाई जानकारी नभएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

निर्मला पन्त

विशेष