News

अकुत सम्पत्तिमा तानिँदै खड्का, भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी

अकुत सम्पत्तिमा तानिँदै खड्का, भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

 

 

‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ ।’ 

 

 

अख्तियार स्रोतले भन्यो, ‘खड्काविरुद्ध दर्जनौ फाइल अलपत्र परेको अवस्थामा सम्पत्तिको अनुससन्धान निष्कर्षमा पुग्न लागको हो । अबको दुईतीन साताभित्रै भ्रष्टाचार मुद्दा दायर हुन्छ ।’ 

 

 

नेपाल आयल निगकमको कार्यकारी निर्देशक हुनुअघि खड्का सडक विभागमा उपसचिवस्तरका इन्जिनियर थिए । उनका सबैजसो कार्यकाल विवादस्पद छन् । 

 

आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका खड्काले जग्गा खरिद प्रक्रिया टुंगिएलगत्तै आफूनजिकका व्यक्तिको नाममा राजधानीको एक अपार्टमेन्ट खरिद गरेको भेटिएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गोपाल खड्का नेपाल आयल निगम

विशेष