News

निर्दयी आमाः जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

निर्दयी आमाः जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

इलाम । नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ ।

 

बिहीबार बेलुका इलामनगरपालिका–३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी एक महिलाले बच्चा जन्माएर हत्या गरी फालेकी थिइन् ।

 

सूर्योदय नगरपालिका–९ स्थायी घर भएकी सावित्रा मुखिया  सुनुवारले बच्चा जन्माएर हत्या गरेर बाटोमा फालेकी थिइन् । 

 

आफन्तको पाहुना लाग्न आएकी सुमित्राले राति शौचालयमा बच्चा जन्माई बच्चाको घाँटी थिचेर हत्या गरेर पाहुना लागेको घरनजिकैको बाटोमा फालेकी थिइन् । यो समाचार नेपालसमाचारपत्र दैनिकबाट लिइएको हो । 

इलाम नवजात शिशु

विशेष