News

शनिबारदेखि काठमाडौंमा एसिया प्रशान्त सम्मेलन हुँदै

शनिबारदेखि काठमाडौंमा एसिया प्रशान्त सम्मेलन हुँदै

काठमाडौं । युनिभर्सल पिस फेडरेसनको आयोजनामा शनिबारदेखि काठमाडौंमा एशिया प्रशान्त सम्मेलन हुँदैछ । 

 

राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु नेपाल आइपुगेका छन् । 

 

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ ।

 

सम्मेलनको अन्त्यमा काठमाडौं घोषणापत्र जारी हुनेछ । सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ । 

 

उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसदहरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने आयोजकले जनाएको छ । 

प्रशान्त सम्मेल

विशेष