News खेल

ए डिभिजन लिग : आर्मीद्धारा  ब्रिगेड ब्वाइज पराजित 

ए डिभिजन लिग : आर्मीद्धारा  ब्रिगेड ब्वाइज पराजित 

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत सोमबार भएको खेलमा विभागीय टिम आर्मीले जित हात पारेको छ । 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा  आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले हराएको हो ।  आर्मीको जितमा टंक बस्नेतले निर्णायक गोल गरे । खेलको पहिलो हाफमा दुवै पक्षबाट कुनै गोल हुन सकेन । 

खेलको दोस्रो हाफको ६६ औं मिनेटमा टंकले उत्कृष्ट हेडर गोल गरे । उनले सन्तोष तामाङको क्रस पासमा गोल गर्न सफल भएका थिए । खेलमा आर्मीले दबदबा राखेपनि थप गोल भने हुन सकेन । 

जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाँउदै लिगको चौथो स्थानमा यथावत रहेको छ भने ब्रिगेड ब्वाइजको भने सात खेलबाट चार अंक रहेको छ ।

 

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ६ खेलबाट १८ अंक हुँदा  दोस्रो स्थानमा रहेको थ्रीस्टारको सात खेलबाट १८ अंक नै रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संकटाको पनि समान सात खेलबाट १८ अंक नै रहेको छ ।

विशेष