विदेश

अमेरिकाको आग्रहमा पक्राउ परेकी मेङ्गलाई रिहा गर्न चीनको चेतावनी 

अमेरिकाको आग्रहमा पक्राउ परेकी मेङ्गलाई रिहा गर्न चीनको चेतावनी 

काठमाडौं । अमेरिकाको आग्रहमा पक्राउ परेकी चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपाध्यक्ष मेङ्ग वान्जूलाई तत्काल रिहा गर्न चीनले माग गरेको छ । 

 

चीनले मेङ्गको गिरफ्तारी ‘चरम घृणित कार्य’ भएको भन्दै तत्काल रिहा गर्न क्यानडालाई चेतावनी दिएको छ । चिनियाँ उपविदेशमन्त्री ली युचेङले मेङ्गलाई तत्काल नछाडे गम्भीर परिणामा भोग्नुपर्ने बताएको छ ।

बिबिसिका अनुसार मन्त्री लीले मेङ्ग पक्राउलाई लिएर बेइजिङस्थित क्यानडेली राजदूत जोन म्याककालमलाई सोधपुछ समेत गरेका छन् । 


मेङ्गले सन् २००९ र २०१४ को बीचमा हुवावेको सहायक कम्पनी स्काइकममार्फत इरानविरुद्धको प्रतिबन्ध उल्लंघन गरेको अरोप छ । आरोप प्रमाणित भए उनलाई अमेरिकामा ३० वर्षको जेल सजाय हुने जनाइएको छ । क्यानडाका सरकारी वकिलले मेङ्ग विभिन्न वित्तिय संस्थामा ठगी गरेको आरोप समेत छ ।

 

हुवावे कम्पनीकी आर्थिक मामिलासम्बन्धी प्रमुख तथा संस्थापककी छोरी मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट हिरासतमा लिइएको थियो ।  अमेरिकाको आग्रहमा पक्राउ गरेको मेङ्गलाई अमेरिका सुपुर्दगी गर्ने जनाइएको छ । मेङ्गमाथि अमेरिकामा ठगी मुद्दा लगाइने जनाइएको छ ।
हुवावे दूरसञ्चार क्षेत्रमा विश्वकै ठूलो कम्पनी हो । यसले एप्पललाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछिको ठूलो कम्पनीबनेको छ ।


मेङगविरुद्ध लगाइएको मुद्दामा ब्रिटिस कोलम्बियाको सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ भएको थियो । यद्यपि, उनलाई धरौटीमा रिहा गर्ने—नगर्नेबारे सोमबार निर्णय हुनेछ ।


 

विशेष