News अर्थ

राजस्व चुहावटको अभियोगमा ४२ व्यवसायी विरुद्ध ५ अर्ब ७७ करोडको मुद्धा

राजस्व चुहावटको अभियोगमा ४२ व्यवसायी विरुद्ध ५ अर्ब ७७ करोडको मुद्धा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने ४२ फर्महरुका विरुद्ध ५ अर्ब ७७ करोड विगो दावीसहित अदालतमा मुद्धा दायर गरेको छ ।

 

विभागले विगत ७ माहिनाको अवधीमा विभिन्न ४२ वटा फर्महरुका विरुद्ध ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १ सय २६ रुपैंयाँ ४० पैसा विगो दावीसहित विभिन्न अदालतहरुमा मुद्धा दायर गरेको विभागले जानकारी दिएको छ ।  


विभागका महानिर्देशक दिर्घराज मैनालीले विभागको जिम्मेवारी सम्हालेपछि सो मात्रामा विगो दावीसहित मुद्धा दायर गरिएको हो । मैनालीले जेठ ७ गते राजस्व अनुसन्धान विभागको जिम्मेवारी सम्हालेका थिए । विभागले ४२ वटा फर्मसँग ३ अर्ब २७ करोड ५२ लाख ४६ हजार ६ सय ८३ रुपैंयाँ ४० पैसा धरौटी माग गरेको छ । ती फर्महरुले २२ करोड ५७ लाख ९८ हजार १ सय ३९ रुपैंयाँ धरौटी बुझाएका छन् ।

विशेष