News खेल

लिग लिडर मनाङको अपराजित यात्रा कायमै, अफिजले गरे गोल 

लिग लिडर मनाङको अपराजित यात्रा कायमै, अफिजले गरे गोल 

काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत सोमबार भएको खेलमा जित हात पार्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ । सोमबारको जितसँगै उसको सातौं खेलसम्मको अपराजित यात्रा हो । 


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा  खेलमा मनाङले मछिन्द्र क्लबलाई १-० गोल अन्तरले हरायो । संर्घषपूर्ण खेलमा मनाङका लागि अफिज ओलावालेले गोल गरे ।

 

पहिलो हाफसम्म मनाङलाई रोक्न सफल मछिन्द्रले दोस्रो हाफमा भने रोक्न सकेन र खेल हार्नपुग्यो । खेलको ८५ औं मिनेटमा ओलावालेले निर्णयक गोल गर्दै मनाङलाई जित दिलाए । उनी खेलको ५९ औं मिनेटमा दोणा थापाको स्थानमा मैदानमा प्रवेश गरेका थिए । 


जितसँगै मनाङले दोस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरीलाई तीनमा पुर्‍याएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको सात खेलबाट शतप्रतिशत नतिजासहित २१ अंक भएको छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको समान सात खेलबाट १८ अंक रहेको छ ।

तेस्रो स्थानमा रहेको संकटाको पनि सात खेलबाट १८ अंक रहेको छ । 

तस्विर ःएन्फा

विशेष