जनमतसंग्रहमार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्छ : शंशाक कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्ने माग गरेका छन् ।
भरतपुरमा गणेशधाम निर्माणार्थ आयोजित बृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनमतसंग्रहमार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने बताए ।
जनताको चाहनाअनुरुप देशलाई हिन्दूराष्ट्र बनाउनु पर्ने भन्दै उनले भने, मेरो चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफती होइन जनमत संग्रह गरी घोषणा हुनपर्छ ।
महामन्त्री कोइरालाले यस विषयमा नेपाली कांग्रेसको अब बस्ने महासमिति बैठकमा पनि छलफल गरिने बताए ।
उनले देश हिन्दुराष्ट्र भएपनि धर्ममान्ने स्वतन्त्रता भने सबै नागरिकलाई हुने बताए ।