मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रदर्शन, १४ जना विद्यार्थी पक्राउ
सुर्खेत । आन्दोलनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । रष्जिष्टार महेन्द्रकुमार मल्लाई निलम्बन गरेको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनमा उत्रिएका विद्यार्थीलले विश्वविद्यालयमा तोडफोड गर्न थालेसँगै प्रहरीले १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनीहरुले सोमबार पनि विश्वविद्यालयको पठनपाठन ठप्प पारेका छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्र कोइरालाले राजनीतिको आडमा बिनाकारण रजिष्टार पदबाट डा.महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निटक विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।
विश्वविद्यालयको रजिष्टारमा शिक्षा संकायका डिन यामबहादुर कार्कीलाई नियक्त गरेर डा. महेन्द्रकुमार मल्ललाई पदीय आचरण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो ।
उनीहरुले आइतबार प्रशासनिक भवनमा र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा फुटाएका थिए ।प्रध्यापक र विद्यार्थीहरुले नियम विपरित गरिएको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।