७७ जिल्लामै नेविसंघले पठायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
काठमाडौं । १२ औं महाधिवेशनका लागि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
संघले पठाएका प्रतिनिधिलाई ४ दिनभित्र आफ्नो क्षेत्रमा गएर काम थालनी गर्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिएका छन् । चार दिनको समयमभित्र आफ्नो क्षेत्रमा नपुगे नयाँ प्रतिनिधि पठाई आवश्यक काम अघि बढाउने तयारी समेत गरेको अध्यक्ष महरले बताएका छन् ।
नेविसंघले १२ औं महाधिवेशन आगामी पुस २८,२९ र ३० गते महाधिवेशन गर्ने गरी कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन ,पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन , पुस १४ गते ७७ जिल्ला अधिवेशन र पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्नेछ ।