विदेश अर्थ

 माल्यालाई बेलायतबाट भारत सुपुर्दगी गर्ने आदेश

 माल्यालाई बेलायतबाट भारत सुपुर्दगी गर्ने आदेश

काठमाडौं । ठूलो बैंक घोटालाको आरोप लागेका भारतीय व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न बेलायतको एक अदालतले आदेश दिएको छ । यद्यपि यो आदेश भने पूर्ण नभएको बताइन्छ ।

 

रोयटर्सका अनुसार माल्याले अदालतको यो आदेशको १४ दिन पछि उच्च अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था रहेको छ । माल्या माथि भारतका विभिन्न बैंकको ९ हजार करोड भारु बराबरको ठगी गरेको आरोप लागेको छ ।

बेस्ट मिस्टिर अदालतले सोमबार फैसला दिँदै भारतीय रक्सी व्यापारी मालयालाई भारत पठाउन स्वीकृति दिएको छ । माल्यामाथि धोकाधडी गरेको र मनी लन्ड्रिङको मुद्दा चल्न सक्ने देखिएको छ ।

‘म सबैका पैसा फिर्ता गर्न स्क्छु, तर साँवा मात्रै, ब्याज होइन, म कसैको पनि व्याज तिर्न सक्दिन, सावा भने तिर्छु,’ माल्याले अदालत परिसरमा भनेका थिए ।

 

उनले हाल बन्द भएको किंगफिसर एयरलाइन्स जोगाउनका लागि ४ हजार करोड रकम लगाएका थिए । माल्या सन् २०१६ को मेमा लण्डन भागेका थिए । भारतले पछिल्लो वर्षको फेब्रअरीमा बेलायत सरकारलाई सुपुर्दगी गर्न अनुरोध गरेको थियो । भारतमा मनी लन्ड्रिङ आरोप लागेका माल्या सन् २०१७ मा बेलायतमा पक्राउ परेका थिए । तर पछि उनलाई स्थानीय अदालतले जमानतमा रिहा गरिदिएको थियो ।

यता उड्डयनदेखि मदिरासम्म व्यापार गर्ने ६२ वर्षीय माल्याविरुद्ध भारत आपराधिक कदम चाल्न चाहन्छ।

विशेष