विवाहपञ्चमी मुख्यमन्त्री योगी आदित्यनाथ आउने, ३६ प्रकारको परिकार बनाइने
जनकपुर । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता–राम विवाह महोत्सवको रौनक बढेको छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् ।
विवाहपञ्चमी भाग लिनका लागि भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् । यो सँगै प्रदेश २ को सरकारले मन्त्री आदित्यनाथको स्वागताको लागि विशेष तयारी गरेको छ ।
प्रदेश २ को सरकारले आदित्यनाथको स्वागतको लागि बुधबार दिवाभोज आयोजना गरेको छ भने भण्डारमा ३६ व्यञ्जनको परिकार पस्किने भएको छ । विगत दुई सातादेखि प्रदेश सरकार यसको तयारीमा लागेको हो ।
भण्डारा तथा सम्मान व्यवस्थापन मूल समितिका अनुसार भण्डारामा ३६ वटा ब्यञ्जन पस्किनका लागि विराटनगरको टेन्ट हाउसले २ सय कालिगढ खटाएको छ । भण्डारामा प्रदेश सरकारले शाकाहारीको ३६ वटा ब्यञ्जन तयार पारिरहेको छ ।
राइस जिरा, दाल फ्राइ, मटर पनिर, मिक्स भेज, काउली फ्राइ, कचौरीरपालक पुरी, सदा रोटी, खिर, गाजर हलुवा, क्रिम जेरी, मटर पनिर, मलाइ कोपता, बेसन गांता सब्जी,पापड, सलाद, दही लगायतका विभिन्न परिकार पस्किने समितिले जनाएको छ ।
प्रदेशको ८ वटै जिल्लाका छुट्टा छुट्टै सांस्कृतिक टोलीले भण्डाराको आकर्षक मञ्चमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने प्रदेश सरकारले जनाएको छ ।
मुलुकको मात्र नभएर विवाहपञ्चमीमा भारत, बंगलादेश, श्रीलंका लगयतका मुलुकहरुबाट समेत श्रद्धालु भक्तजनहरु आउने अनुमान जानकी मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
विवाहपञ्चमीका लागि देश विदेशबाट भक्तजनहरु आउने क्रम बढ्दै जाँदा जनकपुर क्षेत्रमा रेहेका होटेल तथा लजहरु अहिले भरिएको छ ।