News

नक्कली सुन बेच्न खोज्दा २ जना पक्राउ

नक्कली सुन बेच्न खोज्दा २ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ ।

 

परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो । 

 

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक÷एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिए । 

 

पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली सुन भनेर बेचबिखन गर्दै गरेको अवस्थामा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा छुटेको अनुसन्धानमा खुलेका प्रवक्ता बोगटीले बताए । पक्राउ परेको दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

नक्कली सुन

विशेष