भारतीय राष्ट्रपति म्यानमारको भ्रमणमा

एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्द औपचारिक भ्रमणका लागि सोमबार म्यानमार आइपुगेका छन् ।
भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले म्यानमारका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् ।
उनले आफ्ना समकक्षी यु विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सू कीसँग विषेश छलफल गर्ने कार्यक्रम रहेको छ ।
उनीहरूबीच विषेश गरेर दुईपक्षीय सम्बन्ध, आपसी हित, व्यापार तथा आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कतिपय साझा स्वार्थ र परियोजनाहरूमा सहकार्य गर्ने र अन्तर्राष्ट्रिय चासोका विषयसँगै आतङ्कवादविरुद्धको लडाइँका बारेमा पनि छलफल हुने तय भएको समाचारमा जनाइएको छ ।
म्यानमार राष्ट्रपति रामनाथ कोविन्द