विदेश

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

नयाँदिल्ली । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् ।

 

प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ । 


राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन् ।

 

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको स्रोतले जनाएका छन् । 

 

केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुँदै आएका थिए । 

 

भारतमा कतिपय विज्ञहरूले उहाँलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उहाँको राजीनामासँगै भारतमा नयाँ आशंका र चिन्ता पनि छाएको छ । 

 

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ । एजेन्सी 

गभर्नर उर्जित पटेल

विशेष