News

डोल्पाका विद्यार्थीलाई जाडोका लागि जुत्ता संकलन 

डोल्पाका विद्यार्थीलाई जाडोका लागि जुत्ता संकलन 

काठमाडौं । डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता संकलन गरेका छन् । 

 

एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् ।     

 

‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष समेत रहेकी विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता संकलन अभियान चलाएको बताए । 

 

 

डोल्पाका विभिन्न विद्यालय र स्थानीय विपन्न समुदायलाई समेत जुत्ता वितरण गरिने युवा समूहका अध्यक्ष इञ्जिनीयर सशांक न्यौपानेले जानकारी दिए ।

 

उनका अनुसार डोल्पावासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता सङ्कलनका लागि कलेजमा अभियान चलाइरहेको र पुसको पहिलो साता सङ्कलित जुत्ता डोल्पा पुर्याएर वितरण गरिनेछ । 

 

राजधानी काठमाडौंका एपेक्स, नामी, ब्रुकलेन, नेपाल इञ्जिनीयरिङ कलेजलगायत ४० कलेजबाट जुत्ता सङ्कलन गरिनेछ ।

 

आजको युगमा कोही पनि नाङ्गो खुट्टा हिँड्न नपरोस् भनेर आफूहरुले यो अभियान शुरु गरेको अध्यक्ष न्यौपानेको भनाई छ । 

 

कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्यले काठमाडौंका युवाले लगाउन मिल्ने जुत्ता संकलन गरेर विकट गाउँका विद्यार्थीलाई वितरण गर्ने उद्देश्यले अभियान चलाइएको बताए । यो अभियानअन्तर्गत लगाउन मिल्ने सेकेण्ड हेण्ड’ जुत्ता सङ्कलन गरिने छ । 

 

विगतमा विभिन्न संस्थाले जाडोमा न्यानो सिरक, कम्बल तथा अन्य लत्ताकपडा वितरण गर्ने गरेको सन्दर्भमा जाडोमा जुत्ता नयाँ अभियान हो । 

डोल्पा जुत्ता संकलन 

विशेष