News

इटहरीको एक उद्योगमा आगलागी

इटहरीको एक उद्योगमा आगलागी

इटहरी । इटहरीको खनारस्थित लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।

 

मंगलबार बिहान ७ः२५ बजेतिर लागेको आगो निभाउने प्रयास जारी छ । आगलागीको कारण खुलेको छैन ।

 

आगो निभाउन सात वटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रणको प्रयासमा सशस्त्र, नेपाल प्रहरीको टोली पनि खटिएका छन् । आगो नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

इटहरी, बिराटनगर चोक, दुहबी, धरान लगायतका स्थानका दमकल प्रयोग गरिएको र अन्य दमकल पनि आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । भानु अग्रवालको यो कम्पनीले डोर म्याट लगायतका सामग्री उत्पादन गर्दछ ।

इटहरी उद्योगमा आगलागी

विशेष