विदेश

राजस्थान , छत्तिसगढमा भाजपालाई पछि पार्दै कांग्रेस 

राजस्थान , छत्तिसगढमा भाजपालाई पछि पार्दै कांग्रेस 

काठमाडौं । भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)   को उपस्थिति कमजोर देखिएको छ । यसअघि  मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाकै सरकार थियो । 

 

आम चुनावको पूर्वसन्ध्यामा भएको विधानसभा चुनावमा भने पाँच स्थान मध्ये तीनमा कांग्रेस र दुईमा स्थानीय पार्टीले अग्रता लिएको छ ।  

यस निर्वाचनलाई अर्को वर्ष मे महिनामा हुने आम निर्वाचनमा केन्द्रको मोदी सरकारको तागत र उनले पछिल्लो समय ल्याएका नीतिहरुको परिक्षणको रुपमा पनि हेरिएको थियो । यता कांग्रेसतर्फ भने कांग्रेस अध्यक्ष राहुल गान्धीको परिक्षाको रुपमा हेरिएको छ । 


 पश्चिम राज्य राजस्थानको १९९ सदस्यीय राज्यसभामा कांग्रेस १०१ सीटमा अगाडि हुँदा भाजपा ८० सीटमा मात्र अगाडि रहेको छ । 

केन्द्रीय राज्य छत्तिसगढमा कांग्रेस ९० सीटमध्य ५३ सीटमा अघि रहेको छ । भाजपा भने २६ सीटमा मात्र अघि रहेको छ । 


पाँच प्रदेशमध्य सबैभन्दा ठूलो जनसंख्या भएको मध्यप्रदेशको २३० सीटमध्य १११ मा कांग्रेस अग्रस्थानमा रहेको छ भने भाजपा ९५ सीटमा मात्रै अघि रहेको छ । 

हाल राज्यसभा निर्वाचन परिणाममा भाजपाले कंग्रेसलाई पछ्याइरहेको भएपनि यी तीन वटै राज्यमा सन् २०१४ को आम निर्वाचनमा उसले अभूतपूर्व रुपमा लगभग सबै संसदीय सीट जितेको थियो । 


तेलंगनामा सत्तारुढ पार्टी टीआरएसको ठूलो अग्रता छ । २००१ मा गठन भएको क्षेत्रीय पार्टी टीआरएसले ८१ सिटमा अग्रता लिएको छ भने कांग्रेस १९ र भाजपा मात्र एक सिटमा अगाडि छ ।

मिजोरममा भने कांग्रेसले सरकार गुमाउने भएको छ । त्यहाँ अब क्षेत्रीय पार्टी एमएनएफले सरकार बनाउने देखिएको छ । विधानसभामको ४० सिट मध्ये एमएनएफले २८ सिटमा अग्रता लिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार निर्वाचन विश्लेषकहरुले मतपरिणाम गन्ती प्रारम्भिक अवस्थामा रहेकाले दशौँ लाख मतदाता भएका राज्यको अन्तिम मतपरिणाम अहिलेनै अनुमान गर्नु चाँडो हुने प्रतिक्रिया दिएका छन् । 


 

विशेष