News राजनीति

विद्यार्थी नेता रिहाइको माग गर्दै विद्यार्थी संगठनले दिए आन्दोलनको चेतावनी

विद्यार्थी नेता रिहाइको माग गर्दै विद्यार्थी संगठनले दिए आन्दोलनको चेतावनी

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

 

सत्तारुढ अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु (क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संयुक्त विज्ञप्ति निकाली विद्यार्थीहरुलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।


मप विश्ववद्यालयका रष्जिष्टार महेन्द्रकुमार मल्लाई निलम्बन गरेको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । सोमबार आन्दोलनमा उत्रिएका विद्यार्थीलले विश्वविद्यालयमा तोडफोड गर्न थालेसँगै प्रहरीले १४ जनालाई  जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य विवेक आचार्य, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य देवीचन्द्र उपाध्याय,अनेरास्ववियुका नेता तथा मप विश्वविद्यालयका सचिव भरत शाही रहेका छन् । विवेक नेपालगञ्जबाट, देवीचन्द्र  काठमाडौंबाट र भरतलाई सुर्खेतबाट पक्राउ गरिएको हो । 

मंगलबार पनि मप विश्वविद्यालयका स्ववियु सभापति झकबहादुर शाही, कोषाध्यक्ष सुशील भट्टराई र नेविसंघ नेता मोहन राना पक्राउ परेका छन् ।


विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्र कोइरालाले राजनीतिको आडमा बिनाकारण रजिष्टार पदबाट डा.महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

विश्वविद्यालयको रजिष्टारमा शिक्षा संकायका डिन यामबहादुर कार्कीलाई नियक्त गरेर डा.महेन्द्रकुमार मल्ललाई पदीय आचरण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो ।

 

आन्दोलनलाई सहयोग गरेको भन्दै प्रहरीले सोमबार नेविसंघका केन्द्रीय सदस्य विवेक आचार्यलाई नेपालगञ्जबाट, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य देवीचन्द्र उपाध्यायलाई काठमाडौंबाट र अनेरास्ववियुका नेता तथा मप विश्वविद्यालयका सचिव भरत शाहीलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

मंगलबार पनि मप विश्वविद्यालयका स्ववियु सभापति झकबहादुर शाही, कोषाध्यक्ष सुशील भट्टराई र नेविसंघ नेता मोहन राना पक्राउ परेका छन् ।

विशेष