अंग्रेजी नयाँ बर्ष मनाउन पूर्वराजा पोखरा जाँदै
काठमाडौं । अंग्रेजी नयाँ बर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।
त्यसको तयारीका लागि पूर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् ।
२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ ।
करिब दुई साताअघि पूर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरे फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो । यो समाचार नेपाल समाचारपत्रबाट लिइएको हो ।