News

कर्मचारी समायोजन प्रक्रिया सुरु, १० दिनभित्र विवरण पठाउन परिपत्र

कर्मचारी समायोजन प्रक्रिया सुरु, १० दिनभित्र विवरण पठाउन परिपत्र

काठमाडौं ।  स्थानीय तहलाई १० दिनभित्र कर्मचारीको विवरण पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  परिपत्र गरेको छ। 

 

कर्मचारी समायोजन प्रक्रिया सुरुवात भएको  जानकारी गराउँदै  मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई १० दिनभित्र विवरण पठाउन परिपत्र गरेको हो। 

 

कर्मचारी समयोजन तथा संगठन विकास शाखाका उपसचिव अनिता निरौलाले विज्ञप्ति जारी गरी  संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारीको समायोजन प्रक्रिया सुरुवात  भएको उल्लेख गरिएको छ। 

 

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी  कर्मचारी समायोजन अध्यादेश २०७५ सोमबार नै   राजपत्रमा प्रकाशित भएपछिछ कानुनी रुपमा लिएको छ। 


   
साबिक स्थानीय निकायबाट स्थायी नियुक्ति स्थानीय तहका कार्यरत कर्मचारीलाई आफ्नो कार्यपालिकाबाट निर्णय गराई स्थायी नियुक्ति पत्रका सक्कल प्रति रुजु गरी १० दिनभित्र मन्त्रालयलमा पठाउन  प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरिसकिएको छ। 


 
समायोजन भएर बाँकी रहेका स्थानीय तहको रिक्त दरबन्दीमा सरकारी सेवाबाट कर्मचारीलाई समायोजन गरिने हुँदा विवरण मन्त्रालयमा स्थानीय तहलाई अनुरोध  गरिएको छ ।  यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो । 

कर्मचारी समायोजन

विशेष