गुगलमा 'इडियट' शब्दको खोजी तीव्र, ट्रेन्डिङमा पर्यो
काठमाडौं । गुगलमा अचानक अंग्रेजी 'इडियट' शव्दको खोजी तिव्र भएको छ । अमेरिकामा गुगल ट्रेन्डिङमा बुधवार 'इडियट' शब्द एकाएक ट्रेन्डिङमा पर्यो ।
गुगलमा इडियट शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिएको खबर सार्वजनिक भएसँगै यो शव्दको खोजी अत्याधिक तीव्र भएको हो ।
गुगलका सीईओ सुन्दर पिचाईको संसदीय सुनुवाइ पछि यो शब्द अमेरिकामा १० लाख पटक खोजियो ।
संसदीय सुनुवाइका क्रममा एक जना महिला सांसदले पिचाईलाई गुगलमा 'इडियट' शब्द खोज्दा किन हाम्रो राष्ट्रपतिको तस्बिर आउँछ भनेर प्रश्न गरेकी थिइन् । गुगलमा 'इडियट' शब्द खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो आउँछ ।
सांसद जोई लोफ्ग्रेनले पिचाईलाई उक्त प्रश्न सोधेकी थिइन् । 'त्यो कसरी हुन्छ ? गुगल सर्चले कसरी काम गर्छ अनि त्यो कसरी भयो', उनले प्रश्न गरिन् । उनले कतै राजनीतिक पूर्वाग्रह राखेर गुगलले यस्तो गरेको त होइनसमेत भनिन् ।
उक्त प्रश्नको जवाफमा पिचाईले गुगल सर्चले धेरै शब्दहरू मध्येबाट दुईसय तत्त्वको चर्चाका आधारमा परिणाम देखाउने बताए ।पिचाईले गुगलको सर्च रिजल्ट अर्बौं किवर्डको आधारमा आउने र त्यसलाई दुई सय भन्दा धेरै कारणका आधारमा सूचिकृत गरिने बताए । त्यस्तो आधारका रुपमा प्रासांगिकता र लोकप्रियता लगायतका रहेका छन् ।
तर उनको यस्तो जवाफमा सांसद सहमत भएनन् । कुनै मामुली मानिसले पर्दा पछाडि बसेर प्रयोगकर्तालाई के परिणाम देखाउने भन्ने कुराको निर्णय गर्न नहुने उनको भनाई थियो ।
रिपब्लिकन पार्टीका धेरै सांसदहरुले गुगल सिइओलाई र्याखर्याख्ती पारेका थिए ।