News

मन्त्रालयद्वारा कर्मचारी समायोजन सम्बन्धमा २५ प्रश्नोत्तर तयार

मन्त्रालयद्वारा कर्मचारी समायोजन सम्बन्धमा २५ प्रश्नोत्तर तयार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका सम्बन्धमा २५ वटा प्रश्नोत्तर तयार परेको छ।

 

 समायोजनबारेमा आलोचना र विरोध आएपछि स्पष्टिकरण दिँदै मन्त्रालयले २५ प्रश्नोत्तर तयार परेको हो। 

 

समायोजनको परिभाषा, प्रक्रिया, आधारलगायतका विषयमा प्रष्ट पार्न प्रश्नोत्तर तयार परेको मन्त्रालयका सहसचिव सुरेश अधिकारीले जानकारी दिए।

 

सरकारले समायोजन अध्यादेश २०७५ लागू गरेर कार्यान्वय प्रक्रिया थालेको छ। 

 

कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाले सफ्टवेयर प्रणालीमार्फत् कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अनलाइन आवेदन गर्ने, कर्मचारीको वृत्ति विकास असर नपार्नेलगायतका विषय समेटेको छ । 


  
समायोजन अध्यादेश संसद छलेर ल्याएको भन्दै सत्तारुढ दलका सांसदलेसमेत विरोध गर्दै आएका छन्। यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो । 

 

कर्मचारीलाई तयार पारेका प्रश्नोत्तर हेर्न यहाँ क्लिक गर्नुस्
 

कर्मचारी समायोजन संघीय मामिला तथा सामान्य मन्त्रालय

विशेष