News खेल

ए डिभिजन लिग: दोस्रो हाफको गोलमा सरस्वतीको जित 

ए डिभिजन लिग: दोस्रो हाफको गोलमा सरस्वतीको जित 

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबले जित हात पारेको छ । न्युरोड टिम (एनआरटी)लाई एक गोलले हराएको सरस्वतीले पहिलो हाफमा भने गोल गर्न सकेन ।  सरस्वतीसँग हार ब्यहोरेको एनआरटीले भने लिगमा लगातार सातौं हार ब्यहोरेको हो ।


सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा सरस्वतीले एनआरटी माथि प्रशस्त दबाब राखेपनि धेरै गोल भने गर्न सकेन ।  खेलको नौ मिनेटमा नै सरस्वतीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २५ औंं मिनेटमा सरस्वतीका स्ट्राइकर ओलुसुला इब्राहिमको प्रहारलाई एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।

 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा फेरि सरस्वतीको कडा प्रहार एनआरटीले बचायो ।  

पहिलो हाफमा बराबरीमा सकियो खेलमा दोस्रो हाफको ७२ औं मिनेटमा गोल हुन पुग्यो । सरस्वतीका लागि पेनाल्टीमा भिक्टो अमोबले गोल गरे ।
 डिबक्समा सरस्वतीका खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई भिक्टोले गोलमा परिणत गरेका हुन् । 

खेलको ८० औं मिनेटमा भिक्टोले गोलको लागि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । 


खेलको ८४ औं मिनेटमा एनआरटी १० खेलाडीमा झर्यो । उसका विदेशी खेलाडी फ्रान्सिस दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र सरस्वती विजयी भयो । 

 

जितसँगै सरस्वतीले आठ खेलबाट नौ अंक बनाएको छ  । उसले अहिलेसम्म आठ खेलमा तीन जित र पाँच हार ब्यहोरेको छ । यता सातौं हार ब्यहोरेको एनआरटीको भने एक अंक मात्र छ । आठ खेल खेलेको एनआरटी सात खेलमा पराजित र एक खेलमा बराबरी गरेको छ ।

विशेष