विदेश

भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु

भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु

काठमाडौं । भियतनानममा भारी वर्षा र त्यसपछिको बाढीमा परि कम्तीमा १३ जनाको मृत्यु भएको छ । 


यसैसाता देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता रहेको समितिले जनाएको छ । 

बाढीले करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुबाएको छ । त्यसैगरी करिब एक लाख ६३ हजार थान पशुपंक्षी बगाएको छ । 

 

मितिका अनुसार बाढीबाट करिब १२८ किलोमिटर सडकका साथै सिंचाई प्रणालीमा पनि क्षति पुगेको छ । भियतनामका सञ्चारमाध्यमहरुका अनुसार भियतनाममा यसवर्ष आएको बाढी, पहिरो, भारी वर्षा तथा आँधीका कारण कम्तीमा एकसय ८९ जनाको ज्यान गइसकेको छ । 

भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार यस वर्षको ११ महिनामा प्राकृतिक प्रकोपका कारण करिब ३९ करोड १३ लाख अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । 

विशेष