सरकारद्वारा साना किसानको ३० करोड ऋण मिनाहा
काठमाडौ । साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ ।
तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो ।
ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
ऋण मिनाहा साना किसान