News

नेपालमा दुई सय, पाँच सय र दुई हजारका भारतीय नाेट प्रतिबन्ध

नेपालमा दुई सय, पाँच सय र दुई हजारका भारतीय नाेट प्रतिबन्ध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ। 

 

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन्।

 

सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।  

 

साना किसानको ऋण मिनाहा

साना किसानले कृषि विकास बैंकबाट लिएको ऋण सरकारले मिनाहा गरेको हो। 

 

किसानले लिएको ऋण (साँवा र ब्याज) अब सरकारले बैंकलाई तिर्नेछ। यो निर्णयबाट करिब ७ सय किसान लाभाम्वित हुने भएका छन्।

 

भारतीय नोटमा प्रतिबन्ध

सरकारले भारतीय नोटमा प्रतिबन्ध समेत लगाएको छ। सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटहरु ल्याउन र साथमा राख्न गैर कानुनी हुने भएकोले यी नोटहरु चलनचल्तीमा नल्याउन र साथमा नबोक्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ।’

 

कपडा उद्योगीलाई अनुदान र छुट

सरकारले आन्दोलनरत कपडा उद्योगीको माग सम्बोधन गर्दै बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट दिने निर्णय समेत गरेको छ।

 

 मन्त्री बाँस्कोटाले दिएको जानकारी अनुसार उद्योगीहरुको माग सम्वोधनका लागि गठित समितिले दिएको सुझावका आधारमा बैंकको ब्याजमा अनुदान दिने, भन्सार छुट दिने लगायतका निर्णय भएको हो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

सञ्चारमन्त्री गोकुल बाँस्कोटा भारतीय रुपैयाँ प्रतिबन्ध

विशेष