द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका बेपत्ता
एजेन्सी । सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्यांक सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत पाँच बर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएको पाइएको छ ।
द्वन्द्वका कारण अरु चालिस लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ ।
विस्थापित भएका, बाबु आमाबाट छुट्टिएका र बेपत्ता भएका बालबालिकाहरु बलात्कार र अन्य विभिन्न हिंसाबाट पिडित हुने गरेको पनि युनिसेफले जनाएको छ ।
बालबालिका बेपत्ता सुडान