News

इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन सुरु

इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन सुरु

काठमाडौं । नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन सुरु भएको छ । 

 

केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ । 

 

निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ । 

 

लोकतान्त्रिक समूहबाट केन्द्रीय कार्यकारिणी समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार छन् ।

 

सो समूहबाट उपाध्यक्षमा इ डा. चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ. अभिमन्युलाल सिंह, उपमहासचिवमा इ. अशोककुमार शाह, कोषाध्यक्षमा इ. अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा छन् ।

 

प्रगतिशील समूहबाट अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ. आषिश घिमिरे, महासचिवमा इ. छविलाल पोखरेल, उपमहासचिवमा इ. कपिल आचार्य, कोषाध्यक्षमा इ. रामइकवाल यादव, सहकोषाध्यक्षमा इ. चाँदमाला श्रेष्ठ उम्मेदवार रहेका छन् । 

 

दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी, इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन् ।

 

दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन् । बिहान ८ बजे सुरु भएको मदतान अपरान्ह् ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन नेपाल इञ्जिनियर्स एशोसिएशन

विशेष