विदेश

फ्रान्सको स्ट्रासबर्ग शहरमा अन्दाधुन्दा गोली प्रहार , ३ जनाको मृत्यु 

फ्रान्सको स्ट्रासबर्ग शहरमा अन्दाधुन्दा गोली प्रहार , ३ जनाको मृत्यु 

काठमाडौं । फ्रान्सको एक शहरमा अन्दाधुन्दा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । 

 

फ्रान्सको क्रिसमस बजारमा गत मंगलबार चेरिफ शेकाटले गोल चलाउदाँ तीनजनाको मृत्यु भएको छ भने अन्य १३ जना घाईते भएका छन् । २९ वर्षिय शेकाट पनि प्रहरी कारबाहीमा मारिएका छन् । 

पूर्वी शहर स्ट्रासबर्गमा रहेको क्रिश्मस बजारमा अन्दाधुन्धा गोली प्रहार पछि शेकाट उक्त स्थानबाट भागेका थिए । घटनालगत्तैे प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । प्रहरीले शेकाटलाई खोजी गर्ने क्रममा उनी सोहि स्टासबर्गको सडकमा बिहीबार प्रहरीको गोली लागि मारिएका छन् । स्टासबर्ग सडकमा शेकाटलाई खोजी रहेको प्रहरीमाथि उनले गोली चलाएका थिए , प्रहरीको जवाफी कारबाहीको क्रममा उनी मारिएका हुन् । 
शेकाटसँगै घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शेकाटका आफन्तहरु रहेका छन् । 

शहरमा हजारौं मानिसहरुको भीड रहेको समयमा उक्त घटना भएको थियो । 


 

विशेष