News खेल

 ए डिभिजन लिग : पुलिसको सहज जित, तेस्रो मिनेटमा पुलिसको गोल 

 ए डिभिजन लिग : पुलिसको सहज जित, तेस्रो मिनेटमा पुलिसको गोल 

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लब माथि सहज जित हात पारेको छ । 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको  मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे । उनले खेलको तेस्रो मिनेटमा नै रवि पासवान पासलाई सदुपयोग गर्दै गोल गरे । 

खेलको २० औं मिनेटमा पुलिसका लागि रवि पासवानले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । उनले हेम तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

खेलको पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५९ औं मिनेटमा कप्तान भरत शाहले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए । उनले रवि पासवानको पासमा गोल गरेका थिए । 

खेलको ६३ औं मिनेटमा पुलिसका लािग तेज तामाङले गोल गरे भने खेलको ८७औँ मिनेटमा नीरकुमार राईले एक गोल थपेपछि पुलिसले फ्रेण्डसमाथि ५–० को सहज जित हात पा¥यो । जितसँगै आठ खेल खेलेको पुलिसले १४ अंक जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अंक छ । 

विशेष