News विदेश

‘रेसिस्ट’ भन्दै दक्षिण अफ्रिकामा माहात्मा गान्धीको मूर्ति ढलाइयो

‘रेसिस्ट’ भन्दै दक्षिण अफ्रिकामा माहात्मा गान्धीको मूर्ति ढलाइयो

एजेन्सी । घानास्थित यूनिभर्सिटी क्याम्पसमा माहात्मा गान्धीको मूर्ति तोडफोड गरिएको छ । उक्त विश्वविद्यालयका प्राध्यापकहरूले भारतका महान् नेतालाई कुनै समय साम्प्रदायी भएको भन्दै विवाद गरेका थिए । 

 

गान्धीको उक्त मूर्ति हटाउन करिब २ वर्षदेखि ती प्रध्यापकहरूले अभियान सुरू गरेका थिए । केही सिप नलागेपछि आक्रास्थित राजधानीमा रहेको उक्त मूर्तिमा उनीहरूले आक्रमण गरे । 

सन् २०१६ जून मा भारतका पूर्व राष्ट्रपति प्रणव मुकर्जीले उक्त मूर्तिको अनावरण गरेका थिए । यसका साथै उनले त्यस समारोहमा भाषणमार्फत विद्यार्थीहरूलाई गान्धीको शिक्षा अनुसरण गर्न पनि सुझाएका थिए ।  

 

विश्वविद्यालयका प्राध्यापकहरूले गान्धी ‘रेसिस्ट’ भएको र उनको साटो कुनै अफ्रिकी हिरोलाई सम्मान गर्ने बिबिसीसँग बताए । उक्त विश्वविद्यालयकी एक विद्यार्थीले बिबिसीसँग भनिन्, ‘कसैको पनि मूर्ति हुनु भनेको हामी सबैले उनको दर्शनलाई अनुशरण गर्नु हो । यदि गान्धीले जातिवादलाई पछ्याउँछन् भने उनको मूर्ति हाम्रो कलेजमा हुनु ठिक होइन ।’  

फोटोः डेलिमेलबाट

गान्धी

विशेष