News

सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको  उचाई मापन गरेको थिएन।

 

अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको उचाई नाप्ने भएको छ। 

 

नेपालले मान्ने गरेको सगरमाथाको उचाई सन् १९५४ मा भारतले गरेको मापन हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ।

 

त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो। सबैको मापन फरकफरक निस्किएको छ। नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाई भारतले मापन गरेको हो।

 

यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो।

 

चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाई लिइएको थियो। यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

सगरमाथा

विशेष