करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
प्रतिकात्मक तस्विर
भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आइतबार बिहान एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ ।
घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शङ्कास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पु¥याउनुका साथै शव उठाउन दिएका छैनन् ।
उनी विगत आठ वर्षदेखि सुरक्षागार्डका रुपमा त्यहाँ कार्यरत थिए । घटना हुनुअघि
घटना हुनुअघि भट्टले बिहान सव–स्टेशनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीयवासी चिया पसल सञ्चालकले जानकारी दिए ।
स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।