News समाज

गुरूङको ‘असल संस्कार, समृद्धिको आधार’ नामक पुस्तक विमोचन

गुरूङको ‘असल संस्कार, समृद्धिको आधार’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृतिको विमोचन गरिएको छ । उक्त कृति संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी पशुपती गुरूङद्वारा लेखिएको हो । 

 

संस्कार समाज नेपालले एक कार्यक्रमको आयोजना गरी शनिबार पुस्तकको विमोचना गरेको थियो । प्राध्यापक उषा ठाकुर, पूर्व राज्यमन्त्री तथा साहित्यकार भद्रा कुमारी घले, तोयानाथ पौडेल, कृष्णप्रसाद पौडेल, खेम तिवारीलगायतको संयुक्त उपस्थितीमा उक्त पुस्तकको विमोचन भएको हो । 

 

कार्यक्रममा गुरूङले उक्त पुस्तकमा आफ्ना जीवन भोगाइ र समाजिक चित्रण गरेको बताइन् । देश नबन्नुको कारण, युवाहरू विदेश पलायन हुने संस्कार कहिले हट्ला भन्नेजस्ता प्रश्नले उनलाई आफू विदेशमा हुँदा घोचिरहन्थ्यो । विदेश बसाईमा आफूले पाएको दुःख र आँशुको कुनै लेखाजोखा नै नभएको पनि उनले सुनाइन् । अब यस्ता कुरामा सम्पूर्ण नेपाली गम्भीर बन्नुपर्ने धारणा पनि उनले उक्त कार्यक्रममा राखिन् । 
 

पशुपती गुरूङ

विशेष