लगानीकर्ताको माग सम्बोधन हुने भनेपछि शेयर बजारमा सुधार
काठमाडौं । अर्थ मन्त्रालयले सेयर लगानीकर्ताहरुको माग सम्बोधन गर्ने भनिएसँग यसको असर सेयर बजारमा देखिएको छ । लगानीकर्ताहरुको माग सम्बोधन गर्ने भनिएसँगै साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.८९ अंकले बढेको हो ।
नेप्से परिसूचक १.६४ प्रतिशतले बढ्दा ११६७.६७ विन्दूमा पुगेको छ । नेप्सेले जनाए अनुसार आज १ सय ५९ कम्पनीका १४ लाख ७ हजार ५ सय ३४ कित्ता सेयर खरिद विक्री भएको छ ।
समग्र नेप्सेमा ४७ करोड ४२ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आज उत्पादनमूलक समूह बाहेक सबै समूह बढेका छन् ।
आज बैंकिङ समूह १७.७६, होटल समूह ३०.३८, विकास बैंक समूह १०.२२, जलविद्युत समूह ४.६२, वित्तिय समूह ३.१५, निर्जीवन बीमा समूह १६७.२१, अन्य समूह ३.४१, लघुवित्त समूह ३७.५२ र जीवन बीमा समूह १३३.३७ अंकले बढेका हुन् । उत्पादनमूलक समूह भने ८.४३ अंकले घटेको छ ।
आज छिमेक लघुवित्त विकास बैंकले सबैभन्दा बढी कारोबार गरेको छ । बैंकले ५ करोड ७७ लाख ३९ हजार रुपैयाँ बराबरको टर्न ओभर गरेको हो ।
, मिरमिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाई गरेको छन् भने राइरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४.४६ प्रतिशतले गुमाएका छन् ।