News

पूर्वराजा भोलि पोखरा जाने 

पूर्वराजा भोलि पोखरा जाने 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दुईसाता लामो भ्रमण कार्यक्रम लिएर भोलि पोखरा जाने भएका छन् । 

 

पोखरामा पूर्वराजाले स्थानीय मठमन्दिरहरुको दर्शन र पोखराबासीसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ । शाहको स्वागतका लागि बिहान ११ बजे विभिन्न संघसंस्थाहरुले कार्यक्रम तय गरेका छन् । पूर्वराजाको भ्रमण तयारीका लागि पोखरा पुगेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’का अनुसार पोखरामा रहेका विभिन्न जातजातीसम्बद्ध संघसंस्थाहरु, युवाहरु र केही राजनीतिक दलका युवाहरु स्वागत समारोहमा सहभागी हुनेछन् । 

 

 पूर्वराजाको दुईसाता लामो पोखरा बसाईका क्रममा उनले स्थानीयबासीहरुसँग पनि प्रत्यक्ष भेट र संवाद गर्ने छन् । 

 

हिन्दुत्व र राजसंस्था पक्षधर शिव सेना नेपालका अध्यक्ष केही दिनअघि देखि नै पोखरा पुगेर पूर्वराजाको भ्रमण सफल पार्न क्रियाशील छन् । नेपालआजसँगको कुराकानीका क्रममा अध्यक्ष बस्नेतले भने, ‘राजा सबैका साझा हुन्छन् । राजाबिनाको नेपाल परिकल्पना गर्न सकिँदैन । सरकारको भ्रमण सफल बनाउन र जनतासँग प्रत्यक्ष भेट सहज बनाउन हामी क्रियाशील छौं । ’

 

शिव सेनाले ‘अबको संघर्ष सडकबाटै’ भन्ने नाराका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको आन्दोलन पनि गरिरहेको छ । 
 

विशेष