News

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु 

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु 

काठमाडौं ।  बाँकेमा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । 

 

प्रहरीका अनुसार मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेका   छन् ।


इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार  सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नंको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । दुवै जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो । 

विशेष