News अर्थ शेयर

लगानीकर्ताहरुले अनसन सुरु गरेकै दिन सेयर बजार दोहोरो अंकले वृद्धि

लगानीकर्ताहरुले अनसन सुरु गरेकै दिन सेयर बजार दोहोरो अंकले  वृद्धि

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेकै दिन सेयरको मूल्यमा दोहोरो अंकले वृद्धि भएको छ ।

 

सेयर लगानीकर्ता दबाब समूहले सेयर बजार सुधार र विस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित  नेपाल स्टक एक्सजेञ्च कार्यालयको मूलगेटमै  सोमबारबाट आमरण अनसन सुरु गरेका थिए । तर, सोमबारको सेयर बजार दोहोरो अंकले वृद्धि हुदै ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
 
सोमबार नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक एक दशमलव तीन शून्य बिन्दुले बढेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ बिन्दुले बढेर २५१ दशमलव ६३ बिन्दुमा पुगेको छ । 

कूल १५९ कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयर रु ४२ करोड तीन लाख ५३ हजार ५१५ मूल्यमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । व्यापार तीन दशमलव शून्य चार बिन्दुले घटेको छ । बैंकिङ नौ दशमलव १५, होटल शून्य दशमलव सात एक, विकास बैंक आठ दशमलव पाँच, जलविद्युत् पाँच दशमलव तीन सात, वित्त शून्य दशमलव पाँच दुई, निर्जीवन बीमा २२० दशमलव पाँच एक, उत्पादन २३ दशमलव २१, अन्य एक दशमलव चार चार, लघुवित्त ४० दशमलव दुई एक तथा जीवन बीमा १९५ दशमलव नौ बिन्दुले बढेको छ । 

 

स्टककाअनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले गुमाएका छन् । 

विशेष