प्रधानमन्त्रीका आइटी सल्लाहकारको मिलोमतोमा स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर्ण प्रोजकटहरु प्रतिस्पर्धा नगराइ मन्त्रिपरिषद्बाट निर्णय गराएर सिधै सुम्पने गरेको पाइएको छ। विभिन्न सरकारी निकायको सूचना प्रणाली आधुनिकीकरण र सुधार गर्ने भन्दै अघि सारिएका प्रोजेक्टहरु अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा मन्त्रिपरिषद्बाट निर्णय गराइ सुम्पिएको र केही प्रोजेक्टहरु सुम्पने तयारीमा रहेको पाइएको छ।
आउट सोर्समाफत् स्मार्ट लाइसेन्स प्रिन्ट गर्न अलीकै स्वार्थ र प्रभावमा मन्त्रिपरिषद्बाट निर्णय गराएर बिनाप्रतिस्पर्धा मालिका इन्कर्पोट प्राली नामक निजी कम्पनीलाई दिएको पाइको आजको नागरिक दैनिकले समाचारमा जनाएको छ। गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट अलीको स्वार्थ र प्रभावमा मालिका इन्कर्पोरेट प्रालिलाई बिनाप्रतिस्पर्धा सोझै दिइने निर्णय गरेको हो।
smart license