मलेसिया उड्न लागेका २९ कामदारलाई विमानस्थालबाट फिर्ता पठाइयो
कामठाडौं । कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाईदिएको छ । श्रम स्वीकृति नलिइ गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्र्काको हो ।
वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ । मलेसियाका लागि औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएलनविरुद्ध कानुनी कारबाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ ।
मलेसिया कामदार भिसासहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काईदिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
Bidesh